
नवराज नेपाल | कला साहित्य सर्वद्धन भन्ने नाराका साथ नेपाल ज्योतिष परिषद सिन्धुपाल्चोकद्वारा लोप हुन लागेको खैजडी भजन प्रशिक्षण सुरु गरेको छ।
आज शुक्रबार बलेफी स्थित कपिलेश्वोर महादेब मन्दिरको प्राङ्गणमा पहिलो प्रशिक्षण सुरु गरेको छ भने भोली ५ गते बिहान ८ बजे पुनः उक्त स्थानमा भजन प्रशिक्षण गर्ने छ।
नेपाल ज्योतिष परिषद् सिन्धुपाल्चोकको आयोजनामा र जिल्ला अध्यक्ष नारायण दत्त ढुंगानाको अगुवाईमा भएको कार्यक्रममा भुवनदेब नेपाल , बासुदेब नेपाल लगायतले बलेफि ५ कपिलेश्रोवर महादेब मन्दिर बलेफिमा प्रशिक्षण दिएका छन।
यो प्रशिक्षणमा ईच्छा हुने सम्पूर्ण सिन्धु बासि सहभागी हुन समेत अनुरोध गर्नु भएको छ।