Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा सहकारी लोक गीत प्रतियोगिता

२०८० चैत्र २१, बुधबार २०:५०
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं:- सहकारीहरुलाई सकारात्मक उर्जा प्रवाह गर्नका लागि लोक गीत प्रतियोगिता ः अध्यक्ष दिलिप शर्मा

एकता, भाइचारा सम्वन्ध स्थापना गर्न सहकारी सन्देशमूलक लोक गीत प्रतियोगिता

सहकारीमा सुशासन ः प्रविधि र एकिकरण भन्ने थिमका साथ राष्ट्रिय सहकारी दिवसको अवसरमा काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघ लि. ले विविध कार्यक्रम सहित सहकारी लोक गीत प्रतियोगिता चैत्र २० गते सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका उपाध्यक्ष डि.बि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा रहेका सहकारी छाता संघका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
जिल्ला सहकारी संघ लि. ले आफ्रनो कार्यालयको नयाँ भवनमा नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा सहकारीको झण्डा पूजा तथा झण्डा फहराउने कार्य गरी नयाँ संघको बोर्ड राख्ने, रोवर्ट ओवनको फा्टोमा माल्यार्पण गर्ने कार्य बिहानै सम्पन्न गरेको थियो । करिव १ महिना अगाडि देखि नै सूचना तथा जानकारी, पत्राचार समेत गरी सचेतना फैलाउने र सहकारीको सन्देशमूलक गीत लोक भाकामा तयार गरी संघमा बुझाउने गरी तयारी गरी थालनी गरेको कार्यक्रममा विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरु मध्ये ३० वटा सहकारीहरुले सहभागिता जनाएका थिए । आफ्नै भवनको प्रांगणमा भएको उक्त कार्यक्रममा बाद्यवादन, स्टेज, राष्ट्रियस्तरका कलाकारहरुद्धारा सहभागि संस्थाहले गाएका गीत तथा भाकाहरुको मूल्यांकन गरिएको थियो । सबै संस्थाहरुले हाल सहकारीमा देखिएका समस्या, समाधानका उपाय, मूल्य, मान्यता, सहकारी ऐन, नीति आय आर्जन, रोजागारी लयाउका क्षेत्रमा गीत तयार गरी गायनमा भाग लिएका थिए । विभिन्न भाकामा गायन भएको उक्त प्रतियोगितामा एउटा संस्थाको लागि ७ मिनेट समय उपलब्ध गराइएको थियो भने एउटा समूहबाट बढीमा ७ जना सम्म सहभागि हुन पाउने व्यवस्था अनुसार प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय सहित एउटा समूहलाई सान्त्वना पुरस्कार क्रमश ः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद, प्रमाण पत्र सहित पुरस्कारको व्यवस्था आयोजकबाट व्यवस्था गरिएको थियो । जसमा प्रथम पुरस्कार श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि. पनौती ९, दोश्रो पुरस्कार बुडोल सामूदायिक सहकारी संस्था लि. बनेपा ६, तृतीय पुरस्कार अग्रसर पञ्चामृत सहकारी संस्था लि. मण्डनदेउपुर ११ र सान्त्वना पुरस्कार श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि. चौंरी देउराली ३ ले हासिल गरेको हो । सबै सहभागिहरुलाई समापन कार्यक्रममा संघका अध्यक्ष श्री दिलिप शर्माले पुस्कार तथा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो । ३० वटा समूहमा गीगत गाउन सहभागि सबै सहभागिहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो । ३० वटा संस्थाका २०० जना सहभागिहरुले आफ्नो संस्थाको तर्फबाट सहभागिता जनाई प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष श्री दिलिप शर्माले सहकारी संस्थाहरुमा हाल देखिएका बिषयहरुमा नकारात्मक मात्र टिक्का टिप्पणी आइरहेका बेलामा सन्देशमूलक गीतको माध्यमबाट सकारात्मक बिषयहरु उजागर भएको र भोलिका दिनहरुमा समेत यसले राम्रो सन्देश सहित सहकारीमा सकारात्मक सन्देश गएको जानकारी गराउनु भएको थियो भने काभ्रे जिल्ला सहकारी संघले हरेका बर्ष नयाँ नयाँ खालका बिषयहरुमा प्रतिष्पर्धा सहितको अभियानलाई सिकाउने टिकाउने जस्ता कार्यक्रमहरु ल्याएर सकारात्मक सन्दैश प्रवाह गरिरहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यावाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

निरन्तर वर्षाका कारण किसानलाई धान भित्र्याउन हम्मेहम्मे वर्तमान सरकार मौन 

यस्तो छ आजको मौसम

मौसम पूर्वानुमान : केही भू–भागमा वर्षा र हिमपातको सम्भावना

मौलिक लोक भाका “चमेरे” (सार्वजनिक)

बद्रीप्रसाद सिटौला र पार्वती कार्कीको आवाजमा”कित मार मायामा बैना”सार्बजनिक (भिडियो)

यस्तो रहनेछ आज देशभरको मौसम

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved