
काठमाडौं : प्रेमिला अनि मेलोडियस गीत सृजना गर्दै नेपाली सांगीतिक क्षेत्रमापहिलो पाइला टेकेका छन संगितप्रेमी कपिल बजगाईले ।
विशेष गरी नेपाली लोक गित संगितलाई धेरै मन पराउने बजगाईको नयाँ गीत बजारमा रिलिज भएको छ।शनिबार रिलिज “लर्के जोवन” बोलको गीतमा कपिल बजगाईको मनछुने शब्द सुन्न सकिन्छ। गीतमा नवगायिका पार्वती खकुरेल र गायक तथा सर्जक संगम थापाको मनछुने आवाज रहेको छ।
प्रेमील र ठट्यौली शब्दहरुले भरिएको गीतमा नवराज घोरासैनीको संगीत रहेको छ भने नारायण दङ्गालको एरेन्ज रहेको छ। सार्वजनिक दोहोरी भाकालाई MF डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।
त्यसो त गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा लोकप्रिय कलाकार निहारिका थापा श्रिजन पन्डित लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।
गीतको भिडियोमा मिलन श्रेष्ठको कथा र निर्देशन रहेको छ । आकर्षक फ्रेममा बिसाल गोन्गबाले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।
भर्खरै मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।उक्त गीतको भिडियोMilan Films Productionयुट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो….