Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

उपनिर्वाचनः सफल पिताको पदचापमा तन्नेरी पुत्र

२०८० चैत्र ११, आईतवार १८:०५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नेकपा एमालेले वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
इलामका दुइ निर्वाचन क्षेत्रमध्येको यो क्षेत्र सुहाङका पिता सुवास नेम्वाङले पटक पटक जितेको निर्वाचन क्षेत्र हो । गत वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि सुवासलाई यस क्षेत्रका मतदाताले जिताएर पठाएका थिए । तर पहिलो पटक झिनो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग सुवास विजयी भएका थिए ।

गत भदौमा सुवासको निधन भएपछि रिक्त रहेको त्यो क्षेत्रमा उनका कान्छा पुत्र सुहाङलाई उठाउने एमालेको निर्णय आजै सार्वजनिक भएको छ ।नेपाली कांग्रेस र अरु पार्टीले उम्मेदवार घोषणा गरिसकेका छैनन् ।यतिबेला एमाले र उसँग अलग भएको एकीकृत समाजवादी गठबन्धन सरकारमा साथै छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपालवीच सत्ता सहकार्य चलिरहेकाले इलाम क्षेत्र नम्बर २ को वामपन्थी मत एकैठाउँ पर्ने सम्भावना देखिन्छ । अरु विपक्षवीचको सहकार्यको सम्भावना पनि टरिसकेको छैन ।

राजनीतिको व्यवहारिक ज्ञान र अनुभव सँगाल्न बाँकी नै रहेका सुहाङलाई अनुभवी पुराना नेता कार्यकर्ताको चित्त बुझाएर उनीहरुको सहयोग लिने कुरा कम चुनौतिपूर्ण देखिँदैन । उनलाई आफ्ना पिताको योगदान र उनले आर्जन गरेको लोकप्रियता पनि राजनीतिमा उभिन निकै महत्वपूर्ण आधार बन्न सक्छ । अन्तिम निर्वाचन हारेर जीवनबाट विदा लिएका सुवासले राजनीतिमा पक्ष र विपक्ष दुवैथरीको विश्वास जितेका थिए । सुहाङले पिताको यो गुणबाट पनि लाभ लिन सक्ने देखिन्छ ।

अन्तिम निर्वाचन हारेका सुवास
संविधान सभा र संसद गरी स्वर्गीय सुवास नेम्वाङले संसद्को चार कार्यकाल नेतृत्व गरेका थिए । तर राष्ट्रपतिको निर्वाचनमा भने उनी सफल हुन सकेनन् । तत्कालको गणित एमालेको पक्षमा थिएन, एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास राष्ट्रपतिमा जित्ने सम्भावना यसैपनि थिएन । तत्कालिन गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुवासलाई पराजित गरेका थिए ।

सुवासले सभामुखको भूमिकामा २०६३ वैशाख देखि २०६३ र २०६३ माघदेखि २०६५ साल जेठसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि उनी दुइ पटक संविधानसभाको अध्यक्षको भूमिकामा थिए र उनकै नेतृत्वको दोस्रो कार्यकालको संविधानसभाबाट संविधान निर्माण सम्पन्न भएर घोषणा पनि भएको थियो ।

२०४८ यता उनी दुई पटक राष्ट्रिय सभामा निर्वाचित भए भने २०५६ यताका पाँचवटै चुनावमा सफल भए ।
सुवास नेम्वाङको राजनीतिक यात्रा विद्यार्थी युनियनबाट सुरु भएको थियो । उनी २०२९ सालमा अनेरास्ववियूबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियू सभापति निर्वाचित भएका थिए । त्यो उनको सक्रिय राजनीतिको पहिलो सफलता थियो तर अन्तिम निर्वाचनमा भने उनी पराजित भएका थिए ।

उपनिर्वाचनको मैदानमा उत्रिन तयार भएका सुहाङले आफ्ना पिताको यो राजनीतिक पृष्ठभूमि कत्तिको सदुपयोग गर्न सक्छन् भन्ने जिज्ञासा इलाम २ का मतदातालाई हुनसक्छ । सतहमा नदेखिने असहयोगको राजनीतिको व्यवस्थापन र त्यसलाई चिर्ने रणनीति निर्वाचनको अर्को महत्वपूर्ण पक्ष हो भन्ने पक्ष सुहाङका लागि व्यवहारिक राजनीतिको नयाँ अध्याय हुने छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved