
श्री बालसुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरको ६६औं बार्षिकोत्सव , २४औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्नुहुँदै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले पुर्वाधार भन्दा पछि शिक्षामा लगानी गरेको बताउदै थप दर्बन्दी हरु न्युनतम दर्बन्दी भएको ठाउँमा शिक्षक पठाइएको बताउनुभयो ।
बालमैत्री वडा घोषणा भइ सकेको बताउँदै अन्य वडा पनि क्रमस बालमैत्री वडा घोषणा गरिने प्रधानले बताउनुभयो । उहाँले बालमैत्री वडालाई आवस्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । भुतपुर्व विद्यार्थीहरुले गरेका कामको प्रशंसा गर्दै उहाँले शिक्षाको विकासको लागि गरेको कामको निरंतरताको कामना गर्नुभयो । विद्यालयको नाम अनुसार शिक्षा गुणस्तर सुधारका लागि अझै प्रयास गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
विद्यालय क्यान्टिनका लागि यहि बर्ष नभएमा अर्को आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा चाइल्ड नेपालका अध्यक्ष विद्यालयका पुर्व प्रधानाध्यापक ठाकुरप्रसाद खकुरेलले विधालयले गरेको प्रगतिप्रती खुशी व्यक्त गर्नुभयो । त्यस्तै भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष प्रदिप पुरीले अहिले तदर्थ समिती रहेको अब कानुनी प्रक्रिया पूरा गरि सबैलाई समेटी चाडैं नयाँ कार्यसमिति निर्माण गरिने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक र भौतिक लगायत सुधारमा सदैब साथमा रहने बताउनुभयो ।
चाइल्ड नेपालका पुर्व अध्यक्ष डा कृष्ण सुवेदीले यस ठाउँ र विद्यालयको विकासका लागि सधैं लागि रहेको र लागि पर्ने बताउनुभयो ।वडा अध्यक्ष पासाङ तामाङले शिक्षक , अभिभावक र विद्यार्थी सबैको मेहनतबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त हुने भएकाले सबैलाई यसमा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै पुर्व व्यबस्थापन समिती सदस्य गणेश तामाङ शिक्षाको गुणस्तर निरन्तर खस्केकाले सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । विद्यालयको बार्षिक प्रतिबेदन प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभयो ।
निजि श्रोतमा शिक्षक राख्न पर्दा समस्या , अभिभावकको चासोमा कमि , छात्रबास तथा कार्यक्रम हल , खेलकुद सामग्री अभाव रहेको उहाँले बताउनुभयो । लिला रमा पण्डित चित्रप्रसाद छात्रवृत्ति कक्षा २ मा अध्यनरत लक्ष्मी दोङ र कक्षा ७ का रोशन गिरी त्यस्तै भुतपुर्व बिद्यार्थी समाजबाट कक्षा ४ का मिजन श्रेष्ठ र कक्षा ९ कि सरिता तामाङलाई पुरस्कृत गरिएको छ ।त्यस्तै अभिभावक बिच भएको प्रतियोगितामा हर्कराज गिरी , सुनिता सुनार , गणेश तामाङ प्रथम , दोस्रो अनिता ढकाल , भगवती देउजा , सलिना श्रेष्ठ , तेस्रो खेतराज भारती , कल्पना नेपाली , लिला भारती सान्त्वना पार्वती गिरी , नविना श्रेष्ठ , माया श्रेष्ठको समुहले प्राप्त गर्नुभयो । बिजेतालाई भुतपुर्व बिद्यार्थी समाजले साबुन, मन्जन , ब्रस लगायत सामग्री सहितको हाइजेनिक कीट प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न ब्यक्तित्व तथा पुर्व प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ , पुर्व गाबिस अध्यक्ष अर्जुन गिरी , शिक्षक अभिभावक संघका अध्यक्ष शुदर्सन सुवेदी , वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।