
काठमाडौं – पाचौं ज्योति फिल्मस म्युजिक अवार्डमा काभ्रे प्रबाह साप्ताहिकका संवददाता नवराज हुमागाई सम्मानित भएका छन् । शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न पाँचौ ज्योति फिल्मस् म्युजिक अवार्डमा हुमागाईलाई पत्रकार सम्मान प्रदान गरिएको हो। काभ्रे प्रबाह साप्ताहिकका संवाददाता हुमागाईले पत्रकारिता क्षेत्र बाट गीत संगीतमा पुर्याएका योगदानको मुल्यांकन गरि सम्मान पत्र प्रदान गरेको हो ।
विगत लामो समय देखि नेपाली गित संगित, कला र संस्कृतिको प्रवर्द्धनको लागि मोफसलमा रहि पत्रकारिताको माध्यम बाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै रोयल म्युजिक प्रालिको प्रस्तुतिमा पाचौं ज्योति फिल्मस म्युजिक अवार्डमा नवराज हुमागाईलाई पत्रकार सम्मान गरिएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख श्री कुन्साङ लामाज्यूको प्रमुख आतित्यता र रोयल मुभिज प्रालीका सञ्चालक निरेन श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको कार्यक्रममा काभ्रे प्रबाह साप्ताहिकका हुमागाईलाई नगर प्रमुख लामाले पत्रकारिता सम्मान प्रदान गरेका थिए ।
काभ्रे प्रबाह साप्ताहिकका संवददाता हुमागाई विगत केहि वर्ष देखि काभ्रे प्रबाह साप्ताहिकमा आवद्ध रहेका छन्। कार्यक्रममा पत्रकार हुमागाई सगैं नेपाली लोक संगीतमा क्रियाशिल करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा, सर्जक अनि पत्रकारहरु सम्मानित भएका छन् ।